आज सोमबार ९.७५ अङ्कले घटेर ०.४७ % गिरावटको साथ नेप्से परिसूचक २०७६.६७ अंकमा बन्द भएको छ। कारोबार भएका २३४ कम्पनीमध्ये ७१ कम्पनी उकालो लागेका छन्, ११६ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्। कारोबार भएका ४ उप-समुहबाहेक बाँकि ९ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्। बजार पुँजीकरण घटेर २९ खर्ब ६१ अर्ब पुगेको छ। प्रमुख कारोबार प्राविधिक विश्लेषण NEPSE Daily Update: July 4, 2022 प्राविधिक विश्लेषण सूचक १. बोलिन्जर ब्याण्ड आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर केही बढेको विश्लेषणले देखाउँछ (आजको फरकः २६९) जसले बजारमा भोलाटाइलिटी हल्का बढेको इङ्गित गर्दछ। बजार आज अपर ब्याण्ड भन्दा…
Author: लाल्टिन डट कम
श्रीकान्त बोल्ला एक भारतीय उद्योगपति र बोलन्ट इंडस्ट्रीजका संस्थापक हुन्। उनी कुनै बेला म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा व्यवस्थापन विज्ञानमा पहिलो अन्तर्राष्ट्रिय दृष्टिविहीन विद्यार्थी पनि थिए । बोल्ला सन् १९९२ मा आन्ध्र प्रदेशको एक सहर मछलीपट्टनमको सीतारामपुरममा जन्मेका थिए। उनी जन्मजात नै दृष्टिविहीन थिए । उनको परिवार मुख्यतया खेतीपातीमा निर्भर थियो। बोल्लालाई सानैदेखि पढ्न निकै रहर थियो । त्यसैले, उनी दैनिक ५ किलोमिटर हिँडेर स्कूल जान्थे । उनले १० कक्षा पढेपछि +२ पढ्नको लागि एक कलेजमा आवेदन दिए । तर, कलेजले उनी अन्धो भएकोले भर्ना लिन अस्वीकार गर्यो । बोल्लाले कलेजविरुद्ध मुद्दा दायर गरे र छ महिनाको पर्खाइ पछि, उनलाई आफ्नै…
क्यान्सर उपचारमा पोषणको निकै ठूलो महत्त्व भएको पोषणविदहरु बताउँछन् । हेर्दा सरल देखिए पनि रोग लागेको अवस्थामा औषधि र खानपान मिलाउन नसक्दा उपचारमै ढिलाई हुने पनि देखिन्छ। क्यान्सर उपचारमा खानेकुरा नखाने भन्दा पनि औषधिको असर देखिएमा सोहीअनुसार खाना पकाउने र खाने तरिका दुवैमा परिमार्जन गर्नुपर्ने हुन्छ । बिरामीमा केमोथेरापी दिँदा दैनिक खाने खाना खान हुँदैन भन्ने गलत धारणा पाइन्छ । यसरी, खाना नखुवाई राख्दा बिरामीलाई पौष्टिक तत्व नपुगेर शारीरिक रूपमा कमजोर बन्दै जाने देखिन्छ। यसले रोग निको हुन पनि बाधा पुर्याउन सक्छ । क्यान्सरको उपचार मध्ये किमो दिँदा केही ‘साइड इफेक्ट’ हुन्छन्, जसले खानामा अरुचि बढाउने मात्र होइन खाएको नपच्ने,…
अभिनेता वरुण धवन र कियारा आडवाणी स्टारर फिल्म ‘जुग जुग जियो’ ले विश्वभर १०० करोड भारुको आँकडा पार गरेको छ । यस फिल्ममा अनिल कपुर पनि मुख्य भूमिकामा छन् । हालै फिल्म १०० करोड क्लबमा परेपछि वरुण र अनिलले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै खुसी व्यक्त गरेका छन् । वरुण धवनले फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, “विश्वव्यापी १०० करोड। तपाईं सबै फ्यानहरूलाई धेरै धेरै धन्यवाद।” अर्कोतर्फ अनिल कपूरले लेखेका छन्, “यो भन्दा खुसीको कुरा के हुन सक्छ। हाम्रो ‘जुग जुग जियो’ परिवारलाई यति धेरै माया दिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। हामीसँग रहनुहोस्।” फिल्म २४ जुनमा विश्वभर ४ हजार…
नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले चेरी टिग्गाो ७ प्रो औपचारिक रुपमा लन्च गरेको छ । प्रो सिरिजको १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध छ । चेरी प्रो फेमिली सिरिजको नयाँ मोडलमा १४७ पीएस पावर र २१० एनएम टर्क भएको इन्जिन रहेको छ । सो इन्जिन ९ स्पिड सीभीटी गियरबक्ससँग जोडिएको छ । यसले गर्दा सुस्त र तीव्र दुवै स्पिडमा लगातार रुपमा उच्च पावर प्रदान गर्छ । यसको इन्टेरियर निकै नै आकर्षक छ । लेदर सिट सहितको ब्ल्याक–बेज थिममा आधारित क्याबिन छ । फ्रन्टमा सिक्स–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल ड्राइभिङ सिट छ भने…
मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्षका लागि कसिलो मौद्रिक नीति ल्याउनुपर्ने अवस्थामा रहेकोे छ । कोरोना महामारीका कारण थलिएको उद्यम व्यवसायदेखि शिथिल अर्थतन्त्रमा गतिशीलता ल्याउन राष्ट्र बैङ्कले अघिल्ला दुई आर्थिक वर्षका मौद्रिक नीति केही खुकुलो र विस्तारकारी बनाएको थियो तर अहिले मूल्य वृद्धि, विदेशी मुद्रा सञ्चतिको दबाब र तरलता अभावको स्थितिमा अर्थतन्त्र बाँधिएकाले कसिलो प्रकृतिको मौद्रिक नीति ल्याउनुपर्ने बाध्यता रहेको विज्ञहरूको मत छ । सरकारले बजेटमार्फत् आर्थिक वृद्धिदर उच्च राख्ने तथा वितरणमुखी प्रकृतिका कार्यक्रम ल्याएको तर त्यसलाई मौद्रिक नीतिले भरथेग गर्नसक्ने अवस्था नरहेको पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नरसमेत रहनुभएका मौद्रिक अर्थशास्त्री डा. युवराज खतिवडाको विश्लेषण छ ।…
धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ बरमझियाका ५० वर्षीय रामपुकार यादवले रासायनिक मल र कुनै किीटनाशक औषधीको प्रयोगबिना नै उन्नत आलु उब्जाएका छन् । उनले रासायनिक मल र कीटनाशक औषधीको प्रयोगै नगरी छ कठ्ठा जमिनमा गरेकोे उन्नत आलुखेतीको बारेमा यतिखेर गाउँमा चर्चाको विषय बनेको छ । रामपुकारको आलुबारी अहिले पनि हरियो छ । दाना पनि ठूल्ठूला लागेका छन् । रासायनिक मलको प्रयोगबिना टुसा नपलाउने खेतमा यस्तो लहलहाउँदो आलुबारी देखेर वरपर गाउँका किसान छक्क परेका छन् । वरपर गाउँका किसान रामपुकार कहाँ जिज्ञासा लिएर पुग्ने गरेका छन् । यति मात्र हैन उनको यो आलुबारी हेर्न र यसबारे जिज्ञासा राख्न दुई–चार जना किसान दिनहुँ…
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ। सेबोनको नियमन तथा व्यवस्थापन विभागले गत असार ६ गते थप ६ कम्पनी र असार १७ गते थप ३ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो। स्वीकृति प्राप्त गर्ने कम्पनी तथा संस्थाहरुमा गौर नेपाल इन्भेस्टमेन्ट प्रालि, नबिल ब्यालेन्स्ड् फन्ड–३, पशुपति भेन्चर क्यापिटल लिमिटेड, समृद्धि फाइनान्स कम्पनी, कामना सेवा विकास बैंक, सिद्धार्थ व्यवस्थित लगानी योजना, प्रभर लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र एनएमबि सरल बचत फन्ड–इ रहेका छन्। योसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनी तथा संस्थाहरुको…
नेपाल राष्ट्र बैंकले आज १८ अर्ब १ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले असार २१ गते जारी गर्न लागेको ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल असोज १८ गते परिपक्व हुनेछ। यसैगरी राष्ट्र बैंकले ३६४ दिनका लागि ८ अर्ब ९१ करोड ६५ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०८० असार १९ गते परिपक्व हुनेछ। यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा…
विदेशी विनिमय सञ्चितिमा परिरहेको दबाब थेग्न आयात घटाउनुपर्ने अर्थविद्हरूले सुझाव दिएका छन् । सेन्टर फर प्रोफेसनल जर्नालिजम स्टडिजले राजधानीमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था विषयक’ छलफल कार्यक्रममा अर्थविज्ञहरूले मुलुकको आर्थिक अवस्था बिग्रिसकेको नभए पनि यसप्रति सजग रहन आग्रह गरेका हुन् । बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा कमी आएकाले अत्यावश्यक बस्तु र सेवाबाहेकका आयातमा कडाइ गर्नुपर्नेमा अर्थविज्ञहरूले जोड दिएका छन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले मुलुकको अर्थतन्त्र सङ्कट अवस्थामा नरहेको बताए । विदेशी मुद्रा सञ्चिति घटे पनि मुलुकको आर्थिक अवस्था श्रीलङ्काजस्तो नहुने उनको दाबी छ । नेपालको विदेशी ऋण धेरै नभए पनि बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा…