कोरोना महामारीलगायतका कारण पर्यटक आगमन घट्दा हुम्लाका होटल समस्यामा परेका छन् । यस जिल्लाको सदरमुकाममा सुविधा सम्पन्न होटल सञ्चालनमा भए पनि पर्यटक आगमन कम भएपछि समस्यामा परेका हुन् । यस जिल्लाका होटलमा लगानी गरेको २० करोड रुपियाँभन्दा बढी जोखिममा परेको छ । होटल मानसरोवरका सञ्चालक रिन्जिन लामाले पर्यटन प्रवद्र्धन र आम्दानीको स्रोत वृद्धि गर्न ठूलै लगानी गरेर स्थापना गरिएका होटल अहिले चल्नै नसक्ने अवस्थामा आएको बताए । मौसमी रूपमा चल्ने यहाँका होटल पर्यटक आउने समयमै कोरोना महामारी फैलिएपछि बन्द गर्नुपर्ने अवस्था रहेको लामाले बताए । होटल सङ्घ हुम्लाका अध्यक्ष मीनबहादुर लामाले स्थानीय युवाले होटलमा लगानी गरेको ठूलो रकम डुब्ने खतरामा…
Author: लाल्टिन डट कम
नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । नवनियुक्त अध्यक्ष हमालले आइतबार धितोपत्र बोर्ड पुगेर कार्यभार सम्हाल्दै सो कुरा बताएका हुन् । उनलाई धितोपत्र बोर्डका कर्मचारीहरुले स्वागत गर्नुका साथै सफल कार्यकालको शुभकामना दिएका छन्। पदभार ग्रहण गर्दै अध्यक्ष हमालले आफू पुँजीबजार विस्तार र विकासका लागि काम गर्न आएको बताए । उनले भने, ‘पुँजीबजारको पछिल्लो अवस्थाबारे सरकार, धितोपत्र बोर्डलगायत सबै नियामक निकाय चिन्तित छन् । त्यसैले पुँजीबजार र आमलगानीकर्ताको हितलाई ध्यानमा राखेर काम गर्ने नै मेरो पहिलो प्राथमिकता हुनेछ । नियामकको काम नै नियमन गर्ने भएकोले आफूहरु सोहीअनुसार अगाडि बढ्ने अध्यक्ष हमालको…
सहकारी अगुवाले सहकारी संस्था अधिकतम रूपमा उत्पादन क्षेत्रमा लागि पर्नुपर्ने बताएका छन् । झापाको दमकमा रहेको मेची सहकारी संस्थाको रजत वर्षको सन्दर्भमा शनिबारदेखि आयोजित दुईदिने प्रदेशस्तरीय छलफलमा सहभागीहरुले यस्तो बताएका हुन् । सहकारी अभियानका अगुवा एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले आर्थिक उन्नति र गरिबी निवारणका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहने धारणा व्यक्त गर्दै सहकारी क्षेत्रले अब उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । बाँस्कोटाले सहकारी क्षेत्रको समस्या समाधानका लागि सहकारी क्षेत्र नै बढी जिम्मेवार हुन सुझाव दिए । सहकारी क्षेत्रका समस्या यस क्षेत्रभित्रैबाट समाधान गर्नुपर्ने विचार व्यक्त गर्दै उनले भने, “सहकारीलाई सहकारीका रूपमा नै चलाउनुपर्छ, बैङ्कका रूपमा चलाउनु…
अहिले नेपालमा मिटर व्याजी एउटा प्रथा जस्तै देशभर फैलिएको छ । यो गैरकानुनी कारोबार हो । सबैलाई थाहा भए पनि कारोबार गर्नेको कमी नरहेको पूर्व डिआइजी हेमन्त मल्लले बताए । उनका अनुसार यस्ता मिटर व्याजीहरु समातिए अनुसन्धान होइन अहिलेसम्म मिलाउने चलन रही आएको छ । जुन बाहिर आएको पैसा हुन्छ त्यसको अनुसन्धान हुनुपर्ने हुन्छ जुन भएको छैन । “यो घुस खाको पैसा हो या कालो धन हो,” उनले भने,‘ यसका लागि राजस्व कार्यालय, कर कार्यालय र केही हक प्रहरीलाई पनि रहेकाले यसको व्यापकरुपमा सोर्स खोज्न जरुरी हुन्छ ।’ यसले माथिल्लो निकायका मानिस संलग्न छन् भने भोलिका दिनमा यस्ता कार्य गर्न…
उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ। कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरवारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिवप्रसाद ढकालले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ नबिल बैंकले लिएको दिगो बैंकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीयस्तरमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै दिगो आर्थिक तथा सामाजिक रुपान्तरणमा…
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दिने निर्णय गरेको छ। लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले संस्थाका शेयरधनीहरूलाई चुक्तापूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ। लघुवित्तले घोषणा गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ।
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ। प्राधिकरणको वित्तीय विवरण (अपरिस्कृत) अनुसार गत आव २०७७/७८ मा ६ अर्ब १८ करोड रुपैयाँ नाफा रहेको थियो। चालू आवको पहिलो ६ महिनामै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यो सँगै सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ। आव २०७२/७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ। गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण, भारततर्फ विद्युत निर्यातको परिमाणमा भएको…
आज आइतबार ३९.४० अंकले घटेर १.४४ % गिरावटको साथ नेप्से २६९३.१० अंकमा बन्द भएको छ। कारोबार भएका २३० कम्पनीमध्ये १७ कम्पनी उकालो लागेका छन्, १७१ कम्पनी ओरालो लागेका छन् र ३ कम्पनी स्थिर रहेका छन्। कारोबार भएका तेह्र उप-समुहमध्ये १ मात्र उप-समुहको सेयर मूल्य उकालो लागेको छ भने बाँकी १२ उप-समुहको सेयर मूल्य ओरालो लागेका छन् । बजार पूँजीकरण घटेर रु ३८ खर्ब १४ अर्ब पुगेको छ। प्रमुख कारोबार प्राविधिक विश्लेषण NEPSE Daily Update: February 20, 2022 प्राविधिक विश्लेषण सूचक १. बोलिन्जर ब्याण्ड आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः २६८ ) जसले…
नेपालमै पहिलोपटक जैविक फोहोरबाट ग्याँस उत्पादन सुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ गर्रागाउँमा दुई बिगाह १२ कठ्ठा जग्गामा निर्माण गरिएको संरचनाबाट ग्याँस उत्पादन सुरु गरिएको छ । नेपाल उर्जा विकास कम्पनी प्रालिले बायो ग्याँस उत्पादन गर्न थालेको हो । उत्पादन केन्द्रका शाखा प्रबन्धक हरिशरण श्रेष्ठले १९ करोड ८५लाखको लागतमा संरचना निर्माण गरिएको बताए । प्रमुख श्रेष्ठले पाइपलाइन बिस्तारमा थप साढे दुई करोड खर्च लाग्ने बताए ।उत्पादन गरिएको ग्यासँ घरघरसम्म पुर्याउँदा २२ करोड ५० लाख लागत लाग्ने बताइएको छ । बायो ग्याँसबाट उत्पादन गरिएको ग्याँस पाइपमार्फत घोराही उपमहानगरपालिकाको वडा नम्बर १० नारायणपुर र १६ नम्बर वडा सर्रा क्षेत्रमा…
बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई ८ किसिमका सुविधा तथा छुट थप गरेको छ। मर्जरमा जाने बीमा कम्पनीहरुले थप सुविधा तथा छुट पाउने भएका हुन्। समितिद्वारा जारी बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा १० मा गाभ्ने, गाभिने तथा प्राप्ति गर्दा दिइने छुट सम्बन्धी व्यवस्था गरिएको छ। बीमा समितिले कम्पनीहरुलाई जारी गरेको बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी साेही निर्देशिका, २०७६ लाई प्रथम पटक संशोधन गर्दै थप सुविधा तथा छुट उपलब्ध गराउने निर्णय गरेको हो। कम्पनीले गाभ्ने, गाभिने कार्य समाप्त भएका एकीकृत बीमकका अभिकर्ताहरुलाई साविकमा प्रवाह भएको ऋण असुली र अभिकर्ता व्यवस्थापनमा ६ महिना समय…