सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले बिरगंज, पर्सा शाखाका लागि शाखा प्रमुख माग गरेको हो । उक्त पदका लागि न्युनतम स्नातक तह उत्तीर्ण र ४ वर्षे बैकिङ्ग अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २८ गतेभित्र आवेदन दिनुपर्नेछ ।
Author: लाल्टिन डट कम
बैंकको आकर्षक जागिर छोड्ने मान्छे विरलै हुन्छन्। तर, संसारमा भिन्न खालका सपना देख्ने मानिसहरु पनि हुन्छन् जसलाई बैंकिंग पेशाको पेलाई त्यति मन पर्दैन। त्यस्तै कथा छ भारतकी राजर्षिता सुरको ! राजर्षिताको सपना संसार घुम्ने थियो। त्यसैले उनले बैंकको जागिरको वास्ता गरिनन्। उनको सपना पूरा गर्ने माध्यम बन्यो सेयर बजार। राजर्षिताले मुम्बईको एक निजी बैंकको ट्रेजरी डिपार्टमेन्टमा जागिर पाइन्। उनलाई जागिरमा खासै समस्या थिएन। तर, जतिबेला चाह्यो त्यतिबेला घुम्न जान उनले बिदा नपाउने स्थिति थियो। राजर्षिताको जिम्मेवारी बैंकमा विदेशी मुद्रा व्यापार हेर्ने थियो। कार्यालय समयमै बाँधिनुपर्ने बाध्यता नपर्ने र खर्चको टेन्सन नहुने गरी पैसा कमाउने कुनै काम होस् भन्ने उनको चाहना…
हिन्दु धर्मावलम्बीले भगवान् विष्णुको रुपमा तुलसीको पूजा गर्ने गरेका छन्। तुलसीलाई पूजाको साथ साथमा कतिपय धार्मिक कार्यहरूमा अत्यावश्यक पनि मानिन्छ। यसका पात, डाँठ र मञ्जरी फूल आदि धार्मिक कार्यमा प्रयोग हुन्छन्। यसबाहेक, तुलसीका आयुर्वेदिक चमत्कारी फाइदाहरु पनि रहेका छन् । आयुर्वेदमा मात्र होइन, आधुनिक चिकित्सामा समेत तुलसीको प्रयोग गरिन्छ। क्षयरोग, उच्च रक्तचाप, इन्सेफलाइटिस जस्ता रोगहरूमा तुलसीको प्रयोग उपयोगी हुने चिकित्सक बताउँछन्। तुलसीबाट घरैमा गर्न सकिने उपचारहरु यस प्रकार छन्: –बिहान सबेरै तुलसीको मठनजिकै बसेर प्राणायम गर्ने वा श्वास तान्ने, फ्याँक्ने क्रिया अपनाउनाले पनि स्मरणशक्ति वृद्धि हुन्छ। साथै तुलसीको ३,४ पत्ता पानीको साथमा निल्नाले स्मरणशक्ति बढ्छ। –दिनमा दुई चारपटक तुलसीको चारपाँच…
प्रेमकथामा निर्माण भएको फिल्म हो ‘कृष्णलीला’ । ३ भदौबाट रिलिज हुने फिल्मले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसार समेत तिब्र बनाएको छ । यस्तैमा निर्माण युनिटले शुक्रबार फिल्मका केही पोस्टर समेत सार्वजनिक गरेको छ । जसमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको प्रेम देखाइएको छ । एउटा सपना बोकेर हिँडेकी युवती सुस्त मनस्थिति भएको युवकसँग प्रेममा डुबेपछि आउने उतार–चढाव कथा फिल्मले उठाएको छ । दीपक वली निर्देशित फिल्ममा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईं लगायतको अभिनय छ । शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, माइकल चन्द र रामजी…
शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। रेड्मी नोट ११ प्रो किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्रीसहितको विशेषता रहेको कम्पनीले घोषणा गरेको छ। स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ रेड्मी नोट ११ प्रो लन्च गरेको कम्पनीले जनाएको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्यसम्पादन र पावर–प्याक ब्याट्रीको साथ रेड्मी नोट ११ प्रो बजारमा ल्याएको बताए ।
म्याग्दीका ग्रामीण भेगमा पूर्ख्यौँदेखि चलनमा आएका मौलिक सामग्री हिजोआज हराउँदै गएका छन् । बजारमा प्लास्टिकका रेडिमेड सामग्री आउन थालेपछि गाउँमा बनाइएका डाला, नाङ्ला, थुन्से, भकारीजस्ता मौलिक सामग्रीको बिक्री हुन छोडेको छ । गाउँघरमासमेत यस्ता सामग्रीको प्रयोग गर्ने चलन घट्दै गएपछि रैथाने सीप र मौलिकता समेत हराउँदै जान थालेको स्थानीय जेठोपुस्ताका व्यक्तिले बताएका छन् । “केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा डालो, नाङ्लोको प्रयोग निकै गरिन्थ्यो तर मौलिकतासँग जोडिएका यस्ता सामग्री अहिले प्रयोग कम हुँदै गएका छन्” बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद उपाध्यायले बताए। वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी परिवार पाल्दै आएका पनि समस्यामा पर्न थालेका छन् । जेठो…
नेपालमै पहिलो पटक सार्वजनिक निकायको विद्युतीय लेखा परीक्षण भएको छ । लेखा परीक्षणको सर्वोच्च संस्था महालेखा परीक्षकको कार्यालयले देशभर एकै पटक विद्युतीय लेखा परीक्षण सम्पन्न गरेको हो । आव २०७७-७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा रहेको कार्यालयले देशभरका करिब छ हजार निकायको विद्युतीय लेखा परीक्षण गरिएको जनाएको छ । खासगरी मध्यम र निम्न जोखिमका निकायको विद्युतीय लेखा परीक्षण गरिएको कार्यालयका सूचना अधिकारी नेत्रप्रसाद पौडेलले जानकारी दिए । “उच्च जोखिम भएका निकायको भने यसअघि जस्तै सम्बन्धित निकायमै पुगेर नेपाल लेखा परीक्षण व्यवस्थापन प्रणाली (न्याम्स)अनुसार नै लेखा परीक्षण भएको छ । त्यसबाहेक कम जोखिमका निकायमा पहिलो पटक विद्युतीय लेखा…
बरुण हाइड्रोपावरले हकप्रद निष्काशन गर्न पाउने भएको छ । नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति प्रदान गरेको हो । बरुण हाइड्रोले हाल कायम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १ः१ अनुपातमा अर्थात् शतप्रतिशतले हुन् आउने २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्काशनको लागि अनुमति पाएको हो । हकप्रद सेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले जेठ ११ मा हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीको २०७३ असार २० गते सम्पन्न…
विद्युतीय पोल भाडाको विवाद समाधानका लागि सरोकारवालाले सहकार्य र सहप्रयोगलाई जोड दिएका छन् । इन्टरनेट विस्तारमा विद्युतीय पूर्वाधारको योगदान सम्बन्धमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सहभागीले पोलभाडा विवाद नसुल्झिए त्यसको असर उपभोक्तालाई पर्ने भन्दै सामूहिक प्रयत्नको खाँचो आवश्यक रहेको बताएका हुन् । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय पोल र ओपीजीडब्लू केबलको भाडा बढाएपछि विगत चार वर्षयता निजी दूरसञ्चार सेवा प्रदायकले सरकारले गठन गरेको विवाद समाधान उच्चस्तरीय समितिको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने माग राख्दै आएका छन् । प्रतिवेदनका सुझाव कार्यान्वयन नभएपछि अहिलेसम्म पनि पोल भाडाको विवाद टुङ्गिएको छैन । कार्यक्रममा राज्यमन्त्री उमेश श्रेष्ठले विद्युत् र इन्टरनेट अत्यावश्यक सेवा भएकाले यसमा हुने विवाद समाधानका लागि…
नेपाल विद्युत् प्राधिकरणले २८ दिनमा एक अर्ब ७२ करोड रुपियाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले विद्युत् खरिद बिक्री गर्ने भारतको खुला बजार इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)मा नेपालमा बचत भएको बिजुली बेचेर उक्त आय गरेको हो । यो अवधिमा प्रतियुनिट औसत नौ रुपियाँ ६७ पैसामा बिक्री गरेर प्राधिकरणले खुद आम्दानी गरेको हो । यो आम्दानीमा कमिसन, कर तथा ह्विलिङ चार्ज कटाइएको प्राधिकरणले जनाएको छ । यो अवधिमा प्रधिकरणले कुल १७ करोड ८१ लाख ९१ हजार युनिट बिजुली निर्यात गरेको हो । यो अवधिमा प्रतियुनिट मूल्य सबैभन्दा बढी असार १ गते १५ रुपियाँ ९३ पैसा र सबैभन्दा कम असार ७ गते चार रुपियाँ ५२ पैसा थियो ।…