छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक अधिकृत पदका लागि खुला प्रतिस्पर्धाबाट कर्मचारीको पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका नेपाली नागरिकले २०७९-०३-३१ भित्र यस वित्तीय संस्थाको उल्लेखित ठेगानामा आवेदन दिन सक्नेछन् । विज्ञापन निम्नानुसार रहेको छ:
Author: Anisha Khatri
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ । सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो । सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।
प्रायः अधिकांश घरमा एकदुईवटा बाख्रा पाल्ने चलन छ । घरमा आइपर्ने सानातिना आर्थिक समस्या टार्न पनि बाख्रा पाल्ने चलन छ । विशेषगरी निम्न आर्थिक अवस्था भएकाले एकदुईवटा बाख्रा पालेर आफ्नो घर खर्च टार्न काम गर्दै आएका कैलालीको पूर्वी क्षेत्रका स्थानीयहरु व्यावसायिक बाख्रापालनमा जोडिन थालेका छन् । कैलालीको टीकापुर नगरपालिका–४ की रेखा शाहीले व्यावसायिक बाख्रापालन गर्दै आएकि छिन् । उनले पाँच वर्षदेखि बाख्रापालन गर्दै आएको भए पनि दुई वर्षदेखि फार्म नै दर्ता गरेर व्यावसायिक रुपमा लागेको हो । घरको काममा दैनिकी बिताउँदै आएकी शाहीले यतिबेला पछाडि फर्केर हेर्नु परेको छैन । परिवारको खर्च धान्न, छोराछोरीको पढाइ खर्च अरूसँग माग्न नपरेको रेखा…
नेपाल प्रहरीमा सहायक प्रहरी नायव निरीक्षक (एएसआई) र प्रहारी जवानको दरबन्दीमा जिल्ला समुहका पदका लागि खुला प्रतिस्पर्धाका पद-संख्या थपिएका छन् । सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । थप थपिएको ASI को संख्या: ७६ थपिएका प्रहरी जवानको संख्याः ५०३ सूचना प्रकाशित मिति: २०७९/०३/१९
हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज असार १९ गते आइतबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको आइपीओमा शुक्रबार (असार १७ गते) दिउँसो २ बजेसम्ममा १ अर्ब १३ करोड ७७ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार दिउँसो २ बजेसम्ममा ९ लाख ८९ हजार ६३८ जनाले १ करोड १३ लाख ७७ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.२१ गुणा बढी आवेदन हो । यसले असार १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको छ । कम्पनीले १९ करोड ६८…
Aarogya Multispeciality Hospital लाई केही स्टाफ नर्सहरु, HA, ANM, र CMA को आवश्यकता भएकाले इच्छुक महानुभावहरूले असार २० गतेभित्र आवश्यक कागजातसहित अस्पताल प्रशासनमा निवेदन दिन आमन्त्रण गरिएको छ । विज्ञापन निम्नानुसार रहेको छ :
शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत् स्वयंसेवी परिचालन कार्यसमिति २०७९-०३-०९ को निर्णय अनुसार पदहरू करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य उम्मेदवारहरूलाई निम्न विवरण अनुसार आवेदन दिन आमन्त्रित गरिएको छ।
बेस्ट फाइनान्स कम्पनी लिमिटेडले लगनखेल शाखाका लागि शाखा प्रबन्धकको खोजी गरिरहेको छ। बैंकिङ क्षेत्रमा उत्कृष्टता हासिल गर्ने जोश राख्ने आत्म-प्रेरित, दक्ष, गतिशील र परिणाममुखी नेपाली व्यक्तिहरूबाट आवेदनहरू आह्वान गरेको हो। पद: शाखा प्रबन्धक पद संख्या: १ योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन/अर्थशास्त्रमा स्नातक वा समकक्ष डिग्री। अनुभव: बैंकिङ क्षेत्रमा न्यूनतम ४ वर्षको अनुभव, क्रेडिट, व्यवसाय विकास र शाखा व्यवस्थापनमा केन्द्रित अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। vacancy2079@outlook.com मा सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र आफ्नो आवेदन र बायोडाटा पठाउन अनुरोध गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत विज्ञान र प्रविधिको स्नातक स्कूलको लागि सहायक प्राध्यापक पद विवरण अनुसार खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकाले २०७९-०४-१५ सम्ममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गतको ग्रेजुएट स्कूल अफ साइन्स एन्ड टेक्नोलोजी, मिडवेस्टर्न युनिभर्सिटीको डीनको कार्यालयमा २१ वर्ष उमेर पूरा गरेका योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र असंगठित बसोबास गर्नेहरूको तथ्याङ्क सङ्कलनका लागि रामपुर नगरपालिका, नगरपालिका कार्यालय, लुम्बिनी प्रदेशमा डाटा कम्प्युटरमा इन्टर गर्नुपर्ने भएकाले डाटा एन्ट्री अवधिको लागि करारमा सहायक कम्प्युटर अपरेटर (चौथो तह) का रूपमा काम गर्न चाहने नागरिकहरूलाई लागि यो सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिन भित्र यस कार्यालयमा दरखास्त दिन आमन्त्रण गरिएको छ।