प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्माको राजीनामा माग गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन आग्रह गर्नुभएको हो । यसैगरी आजको मन्त्रिपरिषद्को बैठकमा कांग्रेसका मन्त्रीहरुले पनि अर्थमन्त्री शर्मालाई राजीनामा दिन आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ भनेर चौतर्फी आवाज उठिरहेका बेला आज मन्त्रिपरिषद्को बैठकमै समेत राजीनामा दिनुपर्ने कुरा उठेको हो । बैठकमा कांग्रेसका केही मन्त्रीले चौतर्फी रुपमा प्रश्न उठिसकेकाले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने धारणा राखेका छन् । हिजो सोमबार संसदमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीलाई नहटाएको भन्दै…
Author: Sabina Maharjan
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मङ्गलबार देशले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन्। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा आज संसद्मा सम्बोधन गर्नेक्रममा सङ्कटग्रस्त देशका प्रधानमन्त्रीले आइएमएफसँग वार्ताको चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । “हाम्रो देशले यसअघि पनि धेरै पटक आईएमएफसँग वार्ता गरिसकेको छ। तर यस पटकको अवस्था विगतका ती सबै अवसरहरूभन्दा फरक रहेको,” उनले संसद्मा भनेका छन् । “हामी अब आर्थिकरूपमा टाँट पल्टेको देशको रूपमा वार्तामा भाग लिइरहेका छौं। त्यसैले हामीले अघिल्लो वार्ताहरू भन्दा बढी कठिन र जटिल परिस्थितिको सामना गर्नुपरेको छ,” विक्रमेन्सिंघेले भनेका छन्। श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको…
टर्कीको मुद्रास्फिति बढेर ७९ प्रतिशतको अत्यासलाग्दो अवस्थामा पुगेको छ । यतिधेरै मुद्रास्फिति सो देशमा पछिल्लो आधा शताब्दीमा पहिलोपटक बढेको हो । टर्की सरकारको तथ्याङ्क विभागका अनुसार गएको जुन महिनामा मूल्यवृद्धि ७८ दशमलव ६२ प्रतिशत पुगेको छ । सन् १९९८ मा टर्कीमा ८० प्रतिशत मूल्यवृद्धि भएको थियो । गएको जुन महिनामा वस्तु हेरेर शून्य दशमलव आठ प्रतिशतदेखि १६ दशमलव ५१ प्रतिशतसम्म भाउ बढेको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको मे महिनामा टर्कीका अर्थ मन्त्री नरेद्दिन नेबातीले महँगी अब घट्ने बताए पनि त्यति बेला ७३ प्रतिशत रहेको मूल्यवृद्धि ७८ प्रतिशतभन्दा माथि पुगेको छ । टर्कीमा खाद्यान्नको मूल्यवृद्धि झन्डै ९४ प्रतिशत पुगेको…
विकास बैंकहरुले सरकारी निक्षेपहरु विकास बैंकहरुमा पनि राख्ने व्यवस्था मिलाउन माग गरेका छन्। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकमा पठाएको आफ्नो ४४ बुँदे सुझावमा यस्तो माग गरिएको हो। एसोसिएसनले सरकारी निक्षेपहरु हालसम्म वाणिज्य बैंकहरुमा मात्र राखिँदै आएकोमा विकास बैंकहरुमा पनि राखिने व्यवस्था गरिनु उपयुक्त हुने सुझाव दिएको छ। विकास बैंकहरु थप सबल बन्दै गएको र विकास बैंकहरुका शाखा दूरदराजमा पनि रहेकाले सरकारी सेवा प्रदान गर्न सक्ने एसोसिएसनको दाबी छ। विकास बैंकहरुले पनि पूर्ण आधुनिक बैंकिङ सेवा वाणिज्य बैंकहरुकै स्तरमा दिने गरेको पनि एसोसिएसनले उल्लेख गरेको छ। ‘जोखिम व्यवस्थापन पनि…
लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समितिमा नेतृत्व नहुँदा समितिका विषयगत काम प्रभावकारी बन्न सकेका छैनन् । प्रदेशसभामा विभिन्न विषयगत सातमध्ये चार समितिको नेतृत्व एकवर्ष भन्दा बढी समयदेखि रिक्त रहेका छन् । समितिका केही सभापति तथा सदस्य सरकारका मन्त्री बनेका र केही सभापति प्रदेशसभा सदस्यबाट पदमुक्त भएकाले ती समिति नेतृत्वविहीन भएका हुन । प्रदेशसभामा सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति र अर्थ उद्योग तथा पर्यटन समिति नेतृत्वविहीन भएका हुन् । नेकपा विभाजनपछि अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने माओवादी केन्द्र छाडेर नेकपा एमालेमा समाहित भए । प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने नेकपा माओवादी केन्द्रको निर्णयपछि उहाँ पदमुक्त…
सुडानका लागि संयुक्त राष्ट्रसङ्घले मावनीय सहायताको अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि तत्काल कम्तीमा पनि ४० करोड अमेरिकी डलर बराबरको सहायता जरुरी परेको भन्दै सोका लागि अपिल गरेको हो । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि सारा वियोस्लो नान्तीले सो अपिल गरेको समाचारमा जनाइएको छ । अहिले दक्षिण सुडानमा खाद्यान्नदेखि अन्य न्यूनतम मानवीय सहायताको पनि खाँचो परेकाले तत्कालका लागि यो रकम आवश्यक परेको उनको भनाई छ । उनले भनेका छन्– हामीले यो सहयोग रकम विश्वसँग नै अपेक्षा गरेका छौँ, हामीलाई लाग्छ दक्षिण सुडानका नागरिकका लागि कुनै न कुनै रुपमा तत्कालै यो रकमको आवश्यकता परेको छ ।…
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ…
ठेकेदार कम्पनीको लापरवाहीले जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिराको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर्माण सम्पन्न नहुँदै तथा कतिपय निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केही दिन नबित्दै वर्षाको पानीले भत्किन थालेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको रत्नपार्कमा निर्माण गरिएको ‘सपिङ कम्प्लेक्स’ र ‘चिल्ड्रेन पार्क’को पर्खाल र मैदान सामान्य वर्षामै भासिएको छ । निर्माणस्थल सम्याउँदा फालिएको माटो भरेर पर्खाल उठाइएका कारण चिल्ड्रेन पार्कको पर्खाल र मैदान यही असार १७ गते राति भासिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नगरपालिकासँगको साझेदारीमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ को लागतमा सपिङ…
सन् २०१५ को आणविक सम्झौतालाई पुनः जीवित गर्ने विषयमा वार्ताको नयाँ प्रयासमा संयुक्त राज्य अमेरिका रचनात्मक नभएको इरानी विदेश मन्त्रालयले सोमबार जनाएको छ । इरानी विदेशमन्त्री होसिन आमिर–अब्दोलाहियनले फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँगको फोन वार्तामा उक्त कुरा बताएको मन्त्रालयले उल्लेख गरेको छ । दोहामा मंगलबार र बुधबाको वार्तालाई सकारात्मक भनी वर्णन गर्दै आमिर–अब्दोलाहियनले भने,“हामीले प्रतीक्षा गर्नुपर्छ र अमेरिकी पक्षले कूटनीतिको अवसरलाई कसरी प्रयोग गर्छ भन्ने कुरा हेर्नुपर्छ ।” उनले भने, “यसअघि समाधानका लागि गरिएका शर्तलाई दोहो-याएर राजनीतिक पहल गर्नु हुँदैन भन्ने हाम्रो अडान छ ।” अमीर–अब्दोलाहियनले भने, “ईरान ‘असल र चिरस्थायी’ सम्झौता गर्न गम्भीर रहेको छ र वार्तामा सधैं आफ्ना प्रस्ताव…
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तलाई आग्रह गरेको छ । केही दिनयता उपत्यका तथा उपत्यकाबाहिर केही स्थानमा झाडापखालाका रोगी बढ्न थालेपछि विभागले उपभोक्तालाई सचेत रहन आग्रह गरेको हो । वर्षायाम तथा गर्मी मौसममा विभिन्न रोगका हानिकारक सुक्ष्म जीवाणुको सङ्क्रमण बढ्ने सम्भावना भएकाले सडक छेउछाउमा खुल्ला रुपमा तयारी एवं बिक्रीवितरण हुने खाद्य पदार्थ स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकले सार्वजनिक रुपमा आआफ्नो धारण व्यक्त गर्दे आउएका छन् । खाद्य ऐन २०२३ ले खाद्य पदार्थ बिक्रेताले बिक्री स्थल तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान र स्वच्छ पिउने…