गौतम अडानी: मेहनत, विनम्रता, एकाग्रता र दृढ संकल्पले मिलेको सफलता !

गौतम अडानी भारतका प्रसिद्ध उद्योगपति हुन्। गौतम अडानीले लगातार आर्थिक छालाङ मारिरहेका छन्।

ताजा तथ्यांकअनुसार एसियाकै धनी व्यक्ति अडानी विश्वका धनढ्यको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन्। यसअघि उनी विश्वका चौथो धनी थिए।

 

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी अहिले विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन्। 

यस इन्डेक्सका अनुसार अडानीले लुइस भिटनका सीईओ र अध्यक्ष बर्नार्ड अर्नाल्टलाई पछि पारेका छन्। इन्डेक्सका अनुसार हाल अडानीको कुल सम्पत्ति १३७.४ बिलियन डलर पुगेको छ।

अरु विजनेश टाइकुनहरुजस्तै अडानीले आफ्नो बुबाबाट भाग्य विरासतमा पाएका होइनन् तर उनले आफ्नो भाग्य परिवर्तन गर्न कडा मेहनत गरेका हुन्। गौतम अडानीको सफलताको कथा कुनै काल्पनिक रोमान्चक कथा भन्दा कम छैन।

अडानी, बाल्यकालमा, उद्यमशीलताका गुणहरु प्रदर्शन गर्थे। करियर सुरु गरेको दोस्रो वर्षमा नै उनले कलेज छोडे। आर्थिक रुपमा कमजोर आफ्ना आमाबाबुका ७ सन्तानमध्ये उनी एक थिए। उनका बुबा कपडा व्यापारी थिए।

अडानी हीरा छाँट्ने काम गर्न मुम्बाइ आएका थिए। उनको पहिलो जागिर २–३ वर्षसम्म चलेको थियो, तर त्यतिन्जेलसम्म उनले व्यवसायको उतारचढाव र बजारमा कसरी परिवर्तन हुन्छ भन्ने कुरा सिकिसकेका थिए। उनको व्यापारको ज्ञानले उनलाई हीरा ब्रोकरेज स्थापना गर्न मद्दत गर्यो। यो पहिलो व्यवसाय थियो जुन उनले आफैले प्रयास गरेका थिए। उनले जीवनमा त्यतिखेर अर्को मौका पाए जब उनका भाइ, महासुख अडानीले उनलाई अहमदावाद फर्किएर उनले सुरु गरेको प्लास्टिक कारखानामा काम गर्न बोलाए। गौतम फर्ममा सामेल भए र चाँडै उनले भारतमा पोलिभिनाइल क्लोराइड वा पीभीसी आयात गर्न थाले। यसले उनलाई विश्वव्यापी व्यापार क्षेत्रमा प्रवेश गर्न सजिलो भयो।

दूरदर्शिता र अवसरको सदुपयोग गर्ने क्षमता, एक सफल व्यक्तिलाई अन्य व्यक्तिहरुबाट भिन्न बनाउने गुणहरु हुन्। अडानी यस कुराको जीवित उदाहरण हुन्। भारतीय अर्थतन्त्रले विश्वव्यापीकरणको ढोका खोल्दा उनले अवसरहरु पहिचान गरे। उनको लागि यो वरदान सावित भयो। परिस्थितिको सदुपयोग गर्दै उनले नयाँ बजार कब्जा गर्न छिटो विविधता दिए।

१९८८ मा उनले अडानी ग्रुप स्थापना गरे, सुरुवातमा उनको कम्पनीले कृषिजन्य उत्पादन र उर्जा सम्बन्धि कारोबार गथ्र्यो। तर, सन् १९९१ मा भारतीय अर्थतन्त्रको नयाँ युगको सुरुवातसँग यो परिवर्तन भयो। बजारको मागमा आएको परिवर्तनलाई ध्यानमा राख्दै अडानीले विविधिकरण गर्ने मौका लागि सदुपयोग गरे। विस्तारै अडानी ग्रुप, उर्जा उत्पादन र प्रसारण, कोइला व्यापार र खानी, ग्यास वितरण, तेल र ग्यास अन्वेषण, बन्दरगाह लगायत हुँदै एक समूहको रुपमा स्थापित हुन थाल्यो।

स्टार जस्तै सफलता पाए पनि गौतम सधैँ आफ्नो जराप्रति नम्र रहे। पेशागत रुपमा दन्तचिकित्सक तथा अडानी फाउन्डेसनका प्रबन्धक ट्रस्टी रहेका उनकी पत्नी प्रिती अडानीसँगै उनी धेरै परोपकारी कार्यहरुमा संलग्न हुन्थे। ट्रस्टले शिक्षा, सामुदायिक स्वास्थ्य, ग्रामीण पूर्वाधार विकास, दिगो जीविकोपार्जन, र थप सुधारमा काम गर्दछ।

उनको जीवनलाई हेर्दा गौतमको उचाइको यात्रा सहज थिएन। उनी आफे बनेका अर्बपति हुन्। र यो उचाइमा पुग्न उनले अरुजस्तै संघर्ष गर्नुपर्यो। तर उनी एक दूरदर्शी पनि थिए जसले प्रारम्भिक जीवनमा फाइदा लिन सकेका थिए। यहाँ गौतम अडानीको जीवनबाट सिक्न सकिने पाठहरु उल्लेख गरिएका छन्।

अडानी एक दूरदर्शी व्यक्ति हुन्। उनले अर्थतन्त्रको विकासका लागि बन्दरगाह कतिको महत्वपूर्ण हुन्छ भन्ने बुझेका थिए। अडानीले व्यापारिक बन्दरगाहको सम्भावना बुझे र सो क्षेत्रमा एकाधिकार स्थापना गर्न सफल भए। आज, उनी भारतको सबैभन्दा ठूलो बन्दरगाहका मालिक हुन् र देश र विदेशमा नयाँ बन्दरगाहहरु निर्माण गर्न जारी राखे।

बजार बदलिएपछि सुरुदेखि नै उनले आफ्नो व्यवसायलाई विविधीकरणमा जोड दिए। कृषि तथा विद्युतजन्य वस्तुको निर्यातबाट सुरु गर्दै उनले विद्युत उत्पादन तथा वितरण, तेल तथा ग्यास अन्वेषण, लजिस्टिक, बन्दरगाह विकास जस्ता अन्य क्षेत्रमा आफ्नो व्यवसायलाई विविधीकरण गरे। भारतको आर्थिक दर्शन बदलिएपछि उनले व्यापारका अवसरहरु पहिचान गर्न उनी छिटो भए।

उनले एकपटक तत्कालिन रेल मन्त्री नितिश कुमारलाई भेटेका थिए र उनलाई रेलवेमा बन्दरगाहहरु एकीकृत गर्ने महत्वलाई बुझाएका थिए। उनले बन्दरगाह–रेल लिंकेज नीति बनाउन मन्त्रीलाई विश्वस्त पार्न सफल भए। सो नीतिले बन्दरगाह मालिकहरुलाई नजिकको रेलहेडहरुमा आफ्नै रेल ट्रयाकहरु चलाउन अनुमति दिएको छ।

उनी उत्कृष्ट व्यापारिक विद्यालयहरुका परिष्कृत प्रशिक्षण थिएन। उनले ट्रेड ट्रिक हेरेर बिजनेस गर्न सिकेका थिए, जसले उनलाई डिमाण्ड र सप्लाईको महत्वबारे सिकायो। उनी एक गहिरो पर्यवेक्षक हुन् जसले थप माग कसरी उत्पन्न सिर्जना गर्न सकिन्छ भन्ने बुझ्दछ र प्रारम्भिक अवसरलाई सदुपयोग गर्नमा विश्वास गर्दछन्।

अडानीले आफ्नो पोर्टमा २ किलोमिटर लामो एयरस्ट्रिप निर्माण गरे, जहाँ ठूला एयरक्रफ्टहरु पनि केटरिङ्ग गर्न सकिन्छ। भारतमा एयरस्ट्रिप भएको यो नै एक मात्र पोर्ट हो। हिरा र औषधि जस्ता उच्च मूल्य, न्यून आयातनका सामानको ढुवानी व्यवस्थापन गर्न र यसलाई पूर्ण रुपमा क्रियाशील बनाउने उनको योजना छ।

उनको बलियो व्यवसायिक भावनाले उनलाई दीर्घकालीन सम्भावना र नाफाको लागि सह उद्योगीहरु र प्रतिस्पर्धीहरुको माग बुझ्नुको महत्व महसुस गराए। उनको अनुभवले अन्ततः उनलाई एकाधिकार स्थापित गर्न मद्दत गर्यो।

सन् २०१९ मा इण्डिया टुडेले अडानीलाई भारतको तेस्रो सबैभन्दा महत्वपूर्ण व्यक्तिको दर्जा दिएको थियो। अहिले उनी विश्वकै तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन्। उनको जीवन कसरी विनम्रता, एकाग्रता र दृढ संकल्पले मानिसलाई सफल बन्न मद्दत गर्न सक्छ भन्ने एक प्रेरक कहानी हो।

स्रोत: एजेन्सी

Comments

Back to top