स्काई ग्रुपको विजनेश प्रोमोशन प्रोग्राम सम्पन्न !

व्यापारीहरुवीच एक अर्काको व्यापारव्यवसाय प्रवर्द्धन सहयोग गर्ने उद्देश्यका साथ स्थापित स्काई होल्डिङ विजनेश ग्रुपको आयोजनामा राजधानीमा विजनेश प्रोमोसन प्रोग्राम (व्यापार प्रवर्द्धन कार्यक्रम) सम्पन्न भएको छ ।

समृद्धि र विकासका लागि व्यवसायिक एकता : देश विकासका लागि अत्यन्तै अपरिहार्यता भन्ने नाराका साथ स्थापित स्काई ग्रुपले यो पटक दुई वटा व्यवसायीहरुको व्यापार प्रवर्द्धन कार्यक्रम गरेको हो । हाम्रो साथ: हाम्रो विकास भन्ने उदघोषका साथ यो पटक सर्वाेतम स्टिल र सिमेन्ट तथा कर्मा रेजिडेन्सको विजनेश प्रोमोशन गरिएको छ । कार्यक्रमको क्रममा दुई वटै संस्थाबाट सहभागीहरुसमक्ष प्रस्तुतीकरण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले दुवै विजनेश कम्पनीका प्रतिनिधिहरुलाई मायाको चिनो वितरण गरेका थिए । त्यस अवसरमा उपाध्यक्ष श्रेष्ठले व्यापारीवयवसायीहरुले एक अर्काेका व्यापारव्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्रुप स्थापना भएको बताए । ग्रुपका एकजना शेयर होल्डरसमेत रहेका उनले एक अर्काको व्यवसाय प्रवर्द्धन गर्नु नै ग्रुपको मुख्य उद्देशय रहेको बताए । 

कार्यक्रममा ग्रुपका अध्यक्ष केपी अवलले ग्रुपमा सहभागी प्रत्येकले प्रति व्यक्ति पाँंचपाँंच लाख रकम शेरयको रुपमा राखेको जानकारी गराए । ग्रुपमा देशभरि छरिएर रहको विभिन्न क्षेत्रका डाक्टर, इन्जिनियर, व्यापारीव्यवसायी, प्राविधिक, टेक्निसियललगायतका हरेक क्षेत्रका व्यक्तिहरु ग्रुपमा शेयर सदस्यका रुपमा रहेको जानकारी दिए । ग्रुपमा एक सय जनासम्म सहभागी गराइने योजना रहेको उनले जनाए । विभिन्न क्षेत्रका व्यक्तिहरुबाट आआफनो क्षेत्रको आइडिया लिएर संयुक्त रुपमा कार्यक्रम बनाई अगाडि वढने योजना रहेको उनले सुनाए । 

कार्यक्रममा ग्रुपका सल्लाहकार युवकराज राजभण्डारी, मानेजिंग डाइरेक्टर शिवप्रसाद मानन्धर, प्रमुख कार्यकारी अधिकृत उमेश बराललगायतले एकका लागि सवै भन्ने अवधारणाका साथ ग्रुपको गठन गरिएको जनाए । आगामी दिनमा यो ग्रुपलाई सरकारमा दर्ता गरी अगाडि बढाउने कार्यक्रममा बताइयो । 

Comments

Back to top