बंगलादेशमा पेट्रोल र डिजेलको भाउ ५०% ले बढ्यो !

बंगलादेशमा एक सातामै पेट्रोल र डिजेलको मूल्य ५० प्रतिशतले बढेको छ।

बंगलादेशमा पेट्रोलको मूल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढेर १३० रुपैयाँ पुगेको छ। त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य पनि ४२.५ प्रतिशतले बढेको छ।

बंगलादेशका ऊर्जामन्त्रीले यस बारे भने, ‘हामीलाई थाहा छ कि मूल्यमा ठूलो वृद्धि भएको छ तर यदि अन्य देशका कारण इन्धनको मूल्य बढिरहेको छ भने हामी के गर्न सक्छौँ ?’

सरकारमाथिको कुप्रबन्धको आरोपलाई अस्वीकार गर्दै हमिदले आफ्नो सरकारले मुद्रास्फीतिबाट बच्न धेरै छुट दिएको तर अहिले मूल्यवृद्धि रोक्न नसकिने बताए। ‘यदि विश्वव्यापी रुपमा मूल्य घट्यो भने हामी केही व्यवस्था गर्ने प्रयास गर्नेछौँ’, उनले भने।

गत हप्ता इन्धनको मूल्यवृद्धि भएपछि बंगलादेशी नागरिकले देशभरका पेट्रोल पम्पहरुमा प्रदर्शन गरेका थिए।

स्रोत: एजेन्सी

Comments

Back to top