टीभीएसको नयाँ शोरुम स्याङ्जाको वद्खोलामा !

नेपालमा टीभीएस टु ह्विलरको एकमात्र वितरक जगदम्बा मोटर्सले स्याङ्जाको वद्खोलामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

शोरुम उद्घाटन कार्यक्रममा बतास इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टीभीएस ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न सधैँ प्रयासरत रहेको बताए। ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो रुपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाइ थियो। टीभीएसले निरन्तर रुपमा आफ्ना ग्राहकको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको शर्माले बताए।

जगदम्बा मोटर्स टीभीएसको एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको छ।

आज टीभीएस उच्च गुणस्तरका उत्पादन, सुलभ बिक्रीपछि सेवा र देशभरका उपभोक्ताका लागि स्पेयर पाट्र्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईचक्के ब्रान्ड बनेको छ।

Comments

Back to top