नेप्से इन्ट्राडे अपडेट: लगभग २० अङ्कको वृद्धि !

आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०६० को नजिक आएको छ। १९.५५ अङ्कले बढेर नेप्से परिसूचक २०६०.२५ मा आएको हो । आज २ घण्टामा लगभग ६० करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आज ४ कम्पनीको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा किसान लघुवित्त रहेको छ जसले ३.५९ % गुमाएको छ । #nepseintraday

Comments

Back to top