मिडल ब्याण्ड पहिलो रेसिस्टेन्स: ए.डी. एक्स , इलियट सबैबाट २१०० आसपासको बिन्दु किन लक्ष्मण रेखा ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

नेप्सेले आज बुलिस इन्गल्फिंग प्याटर्न बनाएको छ जसको अर्थ बजारमा खरिद चाप बढेको देख्न सकिन्छ l यो क्यान्डल आफैमा एउटा सकारात्मक सेन्टिमेन्ट दिने क्यान्डल हो l तर, हतारमा इन्ट्री गरी हालौं भन्नेहरुका लागी चाहीं नजिकै २१०० आसपासमा रेसिस्टेन्स रहेकोले  त्यो रेन्ज मोमेन्टमका साथ काट्छ भनेमात्र इन्ट्री गर्न उपयुक्त देखिन्छ l

सपोर्ट र रेसिस्टेन्स :

 

 

नेप्से  बजारमा नजिकैको रेसिस्टेन्स  २०९०  को रेन्जमा रहेको छ   l यो रेन्जलाई पनि बजारले पार गर्दछ भने चाहीं अर्को   रेसिस्टेन्स २०९० आसपासमा देखिन्छ l अर्कोतर्फ, बजार खस्दछ भने पहिलो रेसिस्टेन्स २००० बिन्दु आसपास रहेको छ तर यसले पनि मान्दैन भने चाँही १९१५ नै देखिएको छ l

बोलिंजर ब्याण्ड :

बोलिंजर ब्याण्डबाट बजारलाई हेर्दा मिडल ब्याण्डको आसपासमा बजार जान  सक्ने अनुमान लगाउन सकिन्छ l यो मिडलब्याण्ड नजिक रेसिस्टेन्स पनि भएकाले मिडल ब्याण्डमा ठोक्किएर बजार खसेमा केही होसियार हुनु पर्ने देखिन्छ l 

आर.एस.आई

  

आर.एस.आई  ४८ बिन्दुमा गएको छ l यो इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी ४५ बिन्दु तल लाईन आउँदैन भने डराउनु पर्ने ठाउँ देखिदैन तर नयाँ लो बनाउन आउँछ भने केही चनाखो हुन सकिन्छ l

एम.ए.सी.डी

 

यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले  सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l वियरिस हिस्टोग्राम केही घटेर फिक्का रातो भएको छ  जसको सामान्य अर्थ खरिद चाप बढ्दै गरेको अनुमान लगाउन सकिन्छ l अर्कोतर्फ एम.ए.सी.डी लाईन जीरो लाइनबाट केही तल खसेको  हुँदा सकारात्मक हुन भने सकिंदैन l  यद्यपि, सुरक्षित लगानी गर्नको  निलो लाईनले रातो लाईनलाई तलबाट काटेर बुलिस क्रस ओभर दिन आवश्यक छ l

डी.एम .आई

 

यो इन्डिकेटरबाट बजारलाई हेर्दा दुवै डी.एम .आई लाईनले बुलिस क्रस ओभर देखाएको छ  भने  ए. डी. एक्स. लाईनले  १५.२४   बिन्दुमा निरन्तर घटेको  देख्न सकिन्छ l बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले खरिद चाप भने अपेक्षित देखिएको छैन l अर्कोतर्फ मोमेन्टमका साथ खरिद आउन चाहीं ए. डी . एक्स लाईन २४ बिन्दु आसपास मोडिन आवश्यक छ l

निस्कर्ष :

बजारले बटम लगाएको नै होत भन्ने सवालमा अझै पनि शंका छ l इलेट वेभको कोणबाट पनि बजारलाई हेर्दाखेरी ५ ओटा इम्पल्स खसेपछि ३ ओटा करेक्टिभ राइज गएको देख्ने सकिन्छ l २१०० बिन्दु आसपासमा मिडल ब्याण्ड , पहोलो रेसिस्टेन्स पनि त्यही भएको र इलेटबाट पनि ए = सी त्यही बिन्दुमा रहेकाले बजारले रिट्रेसमेन्ट लिएर तल नै खस्न थाल्दछ भने चाही १९१५ आसपास सम्म बजारलाई कुर्न सकिन्छ l अर्कोतर्फ मिडल ब्याण्डलाई भोलुम र मोमेन्टटमका साथ ठुलो बुलिस क्यान्डल बनाई काट्छ भने चाहीं इन्ट्रीको लागी सोँच्न सकिन्छ अन्यथा नयाँ लो बन्ने छ l

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथी प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

 

Comments

Back to top