नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, क्यान्डल बन्यो ‘बुलिश पिनबार’ !

गत साता ३.५८% ले घटेको नेप्से यो साता भने १.४९% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २०३५.३२ को बिन्दुमा खुलेको नेप्से २०८८.२२ को उच्च बिन्दुसम्म पुगेको थियो।  नेप्सेले यस साता  करिब ३० अङ्क हासिल गर्यो। हप्ताको अन्तिम कारोबार दिन बिहिबार लगभग २८ अंक बढेर नेप्से २०६८.२६ मा बन्द भएको छ।  

साताभरिमा सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन् ।

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )

टप ब्रोकर

प्राविधिक विश्लेषण

NEPSE WEEKLY UPDATE: Aug 19, 2022

अघिल्लो साता ‘बियरिश शुटिंग स्टार क्यान्डल’ क्यान्डल बनाउँदै ओरालो लागेको नेप्सेले यो साता भने  'बुलिश पिन-बार क्यान्डल’ बनाएको देखिन्छ जसले बजारमा खरिदकर्ताको चाप बढेको सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा मुनि भएको छ तर ब्याण्ड भने खुम्चिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव कम हुन थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल – १३२.७५ मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ १६.४२ मा पुगेको छ जसले बजारमा खरिद बढेको देखाउँछ ।  सिग्नल लाईन पनि बढेर जिरो लाईन भन्दा तल -१४९.१८ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र –१४ डिएमआई लाईन माथि फर्किएको छ जसले बजारमा बिक्री बढेको बुझाउँछ। आरएसआइ ३९.१३ बाट बढेर ४०.९९ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९०० को एरिया हुन्छ भने  नेप्सेको अवरोध २२२० को एरिया देखिन्छ।#nepseweekly

Comments

Back to top