भारतीय सेयर बजारमा व्यापक वृद्धि !

भारतीय सेयर बजारमा केही दिन देखि व्यापक वृद्धि देखिएको छ। 

विश्व बजारबाट आएको राम्रो संकेतका कारण भारतीय सेयर बजारमा वृद्धि भएको हो। बैंकिङ, अटो, एफएमसीजी, फार्मा क्षेत्रमा परेको खरिदचापले भारतीय बजार बढेको हो। 

आज सेन्सेक्स ३८ अंकले बढेर ६०२९८ को विन्दुमा कारोबार गरिरहेको छ । यो ४ महिनायताकै उच्च विन्दु हो। 

अर्कोतर्फ निफ्टी  १७९४४ को विन्दुमा कारोबार गरिरहेको देखिन्छ। 

प्रारम्भिक कारोबारमा सेन्सेक्स ६०००० स्तरमा पुगेको थियो। एनटीपीसी, ग्रासिम निफ्टीमा शीर्ष नाफा भएका छन्। 

अमेरिकी सेयर बजार पनि उकालो लागिरहेको छ। मंगलबार अमेरिकी बजार ४ महिनाकै उच्च विन्दुमा पुगेको थियो। डाउ जोन्स २३९ अंकले बढेर ३४१५२ मा बन्द भएको थियो। तर, नास्डक २५.५० अंकले घटेर बन्द भएको थियो। 

स्रोत: एजेन्सी

Comments

Back to top