नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, क्यान्डल बन्यो 'बुलिश ह्यामर' !

गत साता ३.७४% ले घटेको नेप्से यो साता भने ०.८०% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १८३८.०० को बिन्दुमा खुलेको नेप्से १८५३.७६ को उच्च बिन्दुसम्म पुगेको थियो।  नेप्सेले यस साता  करिब १५ अङ्क हासिल गर्यो। हप्ताको अन्तिम कारोबार दिन लगभग १६ अंक बढेर नेप्से १८५३.७६ मा बन्द भएको छ।  

 

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )

टप ब्रोकर

प्राविधिक विश्लेषण

NEPSE WEEKLY UPDATE: Sep 30, 2022

 

अघिल्लो साता ''बियरिश माराबोजु क्यान्डल’ बनाउँदै ओरालो लागेको नेप्सेले यो साता 'बुलिश ह्यामर क्यान्डल' बनाएको देखिन्छ जसले बजारमा खरिद बढ्न थालेको सङ्केत गर्छ। यस साताको क्लोजिंग लोवर ब्याण्ड भन्दा थोरै माथि भएको छ र ब्याण्ड भने खुम्चिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव कम भएको जनाउँछ। एमएसिडि लाईन घटेर जिरो लाइन भन्दा तल – १३६.५१ मा आएको छ र हिस्टोग्राम घटेर पोजिटिभ ०.२४ मा पुगेको छ जसले बजारमा खरिद घटिरहेको देखाउँछ ।  सिग्नल लाईन भने बढेर जिरो लाईन भन्दा तल -१३६.७६ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र –१४ डिएमआई लाईन माथि गएको देखिन्छ जसले बजारमा बिक्री बढ्न थालेको बुझाउँछ। आरएसआइ ३१.७२ बाट बढेर ३२.९२  मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १७८० को एरिया हुन्छ भने  नेप्सेको अवरोध १९९० को एरिया देखिन्छ।

Comments

Back to top