एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांश प्रस्ताव पारित

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ बाट प्रस्तावित १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश पारित गरेको छ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेको थियो । जस अनुसार असोज ३ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउनेछन् । बारा जिल्लाको होटल क्लासिक सिमरामा असोज १३ गते सभा सम्पन्न भएको हो ।

Comments

Back to top