पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप

पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप भएको छ ।  अब असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । पहिलो चरणमा पूर्ण आवेदन नपरेकाले आवेदन दिने म्याद थपिएको हो । कम्पनीले भदौ ३१ गतेबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३२ लाख कित्ता आईपीओ बिक्री गरेको हो । 


सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता सेयर बाँडफाँट गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

 
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

Comments

Back to top