पुनः सुरु भयो श्री एयरलाइन्सको माउन्टेन फ्लाइट

श्री एयरलाइन्सको माउन्टेन फ्लाइट पुन: सुचारू भएको छ । 

स्वदेशी तथा विदेशी पर्यटकको मनोरंजनलाई ध्यान राख्दै  कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान)  पुनः सुरु भएको  एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी गराए ।

साथै, उनले स्वदेशीका लागि १५ हजार र विदेशी पर्यटकको लागि २३० अमेरिकी डलर भाडादर चार्ज गर्ने पनि बताएका छन् । 

Comments

Back to top