दशैँमा पनि माछापुच्छ्रे बैंक खुल्ला हुने !

यसपालिको दशैँमा माछापुच्छ्रे बैंकले देशभरका शाखा क्रम मिलाएर खुलाउने भएको छ ।

असोज १६ गते विराटनगर, बर्दिबास, लहान, लाजिम्पाट, कलंकी, बनेपा, पेप्सीकोला, ठिमी, नारायणगढ, ग्वार्को, महेन्द्रपुल, पस्र्याङ, कुश्मा, बुटवल र अत्तरिया शाखा तथा १७ गते इटहरी, जनकपुर, वीरगन्ज, मिर्चैया, न्युरोड, पाटन, कमलविनायक, कौशलटार, हेटौँडा, टाँडी, लेखनाथ, बगर, दमौली, दुलेगौँडा, नेपालगन्ज र महेन्द्रनगरका शाखा खुल्ने जानकारी दिईएको छ । त्यस्तै, असोज १८ गते विराटनगर, बिर्तामोड, दमक, नारायाणटार, कलंकी, सूर्यविनायक, पर्सा, लेकसाइड, बागलुङ, भिमाद, आँबुखैरेनी, परासी र धनगढीका शाखा खुल्नेछन् । 

असोज १९ गते दशैँ टिकाको दिनमा भने बैंक बन्द हुनेछ। फेरी असोज २० गते  जनकपुर, राजविराज, डल्लु, पुल्चोक, दमौली, आईबीआईडी, महेन्द्रनगर, डडेल्धुरा, बनेपा र हाकिमचोक शाखाहरु र असोज २१ गते बिर्तामोड, आदर्शनगर, चाबहिल, दुलेगैँडा, आँबुखैरेनी, वालिङ, नेपालगन्ज र राजपुर शाखाहरु खुल्ला गर्ने बैंकले जानकारी दिएको छ ।

Comments

Back to top