सिटी एक्सप्रेसको चाडपर्व योजनाअन्तर्गत प्रथम महिनाको १ तोला सुन विजेताको नाम भयो घोषणा !

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ अफर अन्तर्गत प्रथम महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको हो। 

यस कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने रीनाकुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी हुन्। यही योजनाअन्तर्गत भदौ १५ देखि असोज ११ गते सम्म अन्य चारजनाले साप्ताहिक उपहार १०–१० तोला चाँदी जित्न सफल भइसकेका छन्। साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भुबहादुर सार्र्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी र मलेसियाबाट रेमिट्यान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०–१० तोला चाँदी जितेका छन्। 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते नेपालीहरुको महान चाड २०७९ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै  ‘विदेशबाट सिटी आयो, दसैँतिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो । यस अफर भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ।

Comments

Back to top