स्मार्ट क्यूआर र नेपालपे क्यूआरबीच अन्तरआबद्धताको सम्झौता!

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड तथा नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेसनल पेमेन्ट स्विचमार्फत क्यूआर अन्तरआबद्धता कायम गर्नका निम्ति एक औपचारिक कार्यक्रमबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा एससीटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीज्य, एससीटी तथा एनसीएचएलका सञ्चालक समितिका सदस्यहरु एवं मिडिया तथा सञ्चारकर्मीको उपस्थिति थियो। 

एससीटी तथा एनसीएचएलबीचको यो सम्झौतालाई क्यूआर अन्तरआबद्धताको क्षेत्रमा एक महत्वपूर्ण कोशेढुंगाका रुपमा लिइएको छ। 

उक्त सम्झौतापछि स्मार्ट क्यूआर उपलब्ध रहेका मोबाइल बैंकिङ वा वालेटका ग्राहकले नेपालपे क्यूआरका मर्चेन्टहरुलाई क्यूआर स्क्यान गरी भुक्तानी गर्न पाउनेछन्। 

Comments

Back to top