ग्लोबल आइएमई बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

ग्लोबल आइएमई बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रमा कोषका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडल र ग्लोबल आइएमई बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका थिए। 

सो सम्झौतापत्रमा हस्ताक्षर भएसँगै ग्लोबल आइएमई बैंकले कृषि व्यवसायका लागि प्रवाह गरेको ३ करोड रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ। ३ करोडसम्मको त्यस्तो कर्जामध्ये १ करोडभन्दा माथिको कर्जाको हकमा भने बैंकले कोषको पूर्वस्वीकृति लिनुपर्ने प्रावधान रहेको छ। 

यसरी, सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.६ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदानबापत व्यहोर्ने र बाँकी ५० प्रतिशतमात्र दुई किस्तामा ग्लोबल आइएमई बैंकले कोषमा बुझाउने सहमति भएको छ।

Comments

Back to top