हङकङका साना व्यवसायलाई द्रुत गतिमा ऋण दिने केन्द्रिय बैंकको निर्णय

हङकङका साना व्यवसायले अबदेखि द्रुत गतिमा बैंकबाट ऋण पाउने भएका छन् ।

हङकङको मौद्रिक व्यवस्थापन नियामक हङकङ मनिटरी अथोरिटी (एचकेएमए) ले ल्याउन लागेको नयाँ अनलाइन डेटा प्रणालीबाट साना व्यवसायले सहजै ऋण पाउने भएका हुन्। द कमर्सियल डेटा इन्टरचेन्ज (सीडीआई)को माध्यमबाट अब बैंकहरुले चाँडो साना र मझौला उद्यमहरुको लागि ऋण दिने वा नदिने विषयमा निर्णय गर्नेछन्।

एचकेएमएका प्रमुख कार्यकारी एडी युइ वाई–मानले नयाँ प्लेटफर्म ल्याउन लागिएको बताए । हङकङको डि फ्याक्टो केन्द्रीय बैंकको रुपमा रहेको एचकेएमएको सीईओ भएदेखि नै युइले वित्तीय प्रविधिको विकासमा महत्वपूर्ण योगदान दिएका छन् । उनको आफ्नो पछिल्लो तीन वर्षको कार्यकालमा आठ भर्चुअल बैंक लाइसेन्स प्रदान गरिएको छ। साथै यो अवधिमा डिजिटल मुद्रा ई–एचकेडी ल्याउने प्रयास पनि सुरु भएको छ।

स्रोत: एजेन्सी

Comments

Back to top