नेप्सेमा करिब ११ अङ्कको वृद्धि, कारोबार रकम १ अर्ब ३२ करोड मात्र !

आज बिहिबार ११.२२ अङ्कले बढेर ०.५८% वृद्धिका साथ नेप्से परिसूचक १९६१.०६ अंकमा बन्द भएको छ। कारोबार भएका २४१ कम्पनीमध्ये १०७ कम्पनी उकालो लागेका छन्, ८४ कम्पनी ओरालो लागेका  छन् भने ५ कम्पनी स्थिर  रहेका छन्।

कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा धौलागिरी लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा  सिटिजन्स म्युचल फन्ड रहेको छ, जसको सेयर मूल्य ३.६४% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा नबिल बैंक र भोलुममा नेपाल क्रेडिट एण्ड कमर्सको कारोबार भएको छ।

Comments

Back to top