सन्सारकै महंगा बैंकर्स जेमी डिमनको रोचक जीवनी

जेपी मोर्गन चेजका सीईओ रहेका जेमी डिमन संसारकै सबैभन्दा धेरै पारिश्रमिक लिने बैंकर हुन्।  उनको तलब हाल वार्षिक १‍‍.५ मिलियन अमेरिकी डलर रहेको छ भने उनले ५ मिलियन क्यास बाेनस पाउँछन् । 

जेपी मोर्गन चेजको संचालक समितिका अध्यक्ष समेत रहिआएका डिमन जेपी मोर्गन चेज र बैंक वन कर्पोरेसन एकआपसमा मर्जर हुँदादेखि नै उक्त बैंकमा रहेका छन् ।

सन् २००४ देखि उनी बैंक वनमा अध्यक्ष तथा सीईओ थिए । बैंक वनमा प्रवेश गर्नुपूर्व उनी सिटी ग्रुप, द ट्राभलर्स ग्रुप, कमर्सियल क्रेडिट कम्पनी, अमेरिकन एक्सप्रेस कम्पनी लगायतमा संलग्न थिए ।

टुफ्ट्स गुनिभर्सिटीबाट सन् १९७८ मा ग्रयाजुएट गरेका डिमनले सन् १९८२ मा हार्भर्ड विजनेस स्कुलबाट एमबीए गरेका थिए । द कलेज फण्ड/युएनसीएफका निर्देशक समेत रहेका उनी द फेडरल रिजर्भ बैंक अफ न्युयोर्क, द नेशनल सेन्टर अफ एडिक्सन एण्ड सब्स्ट्यान्स अब्युज, हार्भर्ड विजनेस स्कुल र क्याटालिस्टको संचालक समितिमा पनि छन् ।

न्युयोर्क युनिभर्सिटी स्कुल अफ मेडिसिनको बोर्ड अफ ट्रस्टीजमा समेत रहेका डिमन अन्य कुनै पनि पब्लिक व्यापारिक कम्पनीमा भने आवद्ध छैनन् । अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेजका अध्यक्ष एवम् सीईओ जेमी डिमनको जन्म १३ मार्च १९५६ मा अमेरिकाको न्युयोर्क सहरमा भएको थियो । सन् १९८३मा जुडिथ केन्टसँग वैवाहिक जीवनमा बाँधिएका डिमनका तीन सन्तान छन् : लओरा डिमन, जुलिया डिमन र कारा लेह् डिमन । 

यसरी उनी २००६, २००८, २००९ र २०११ मा उनी टाइम म्यागाजिनको सबैभन्दा प्रभावशाली १०० व्यक्तिहरुको सूचिमा पर्न सफल भएका थिए ।

Comments

Back to top