एसबिआई बैंकका ग्राहकलाई टाइगर प्यालेसमा छुट!

एसबिआई बैंकका ग्राहकहरूले रुपन्देहीको कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टमा सेवा लिँदा छुट पाउने भएका छन् । 

एसबिआई बैंक भैरवा शाखाका प्रबन्धक दिलीप राय र टाइगर रिसोर्टका कार्यकारी सहायक प्रबन्धक डेन्जुङ शेर्पा दुबैले सहुलियत सम्झौतामा हस्ताक्षर गरेका छन् । एसबिआई बैंकका ग्राहकहरूले अब तिलोत्तमा–१३ स्थित टाइगर वन प्रालिद्वारा सञ्चालित टाइगर प्यालेस रिसोर्टमा बस्न, खाना र पिउने पदार्थमा छुट पाउने रिसोर्टका कार्यवाहक महाप्रबन्धक मिलन कुँवरले जानकारी दिए । 

कुँवरका अनुसार बैंकको भिसा डेबिट कार्ड र एसबिआई मोबाइल बैंकिङ सेवाका प्रयोगकर्ताहरू छुटको लागि योग्य हुने बताएक छन्।

Comments

Back to top