दोहा र क्वालालाम्पुरबाट भैरहवामा नेवानिको ४ पुसदेखि सिधा उडान

नेपाल एयरलाइन्सले भैरहवालाई आगामी  ४ पुसदेखि एक साथ दुई गन्तव्यमा जोड्ने भएको छ । नेवानिको माग अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘विन्टर सेड्यूल’ स्वीकृत गर्दै यस्तो जानकारी गराएको हो । 

प्राधिकरणका सूचना अधिकृत ज्ञानेन्द्र भुलले यसअघि कटौती भएका नेवानिको उडान पुनः साविकको संख्यामा पुर्‍याएर तालिका स्वीकृत भएको जानकारी दिए ।

 प्राधिकरणको स्वीकृत तालिका अनुसार काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रुटमा एउटा जहाजले उडान गर्नेछ । काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा नेपाल एयरलाइन्सको अर्को जहाजले उडान गर्ने छ । 

प्राधिकरणले १९ डिसेम्बरबाट २५ मार्चसम्मका लागि यो तालिका स्वीकृत गरेको हो ।

Comments

Back to top