मेगा क्यापिटलको साधारण सभा आज,लाभांश प्रस्ताव पारित हुँदै

मेगा क्यापिटल मार्केट्स लिमिटेडले आज मंसिर १६ गते साधारणसभा गर्दैछ । सभा फेयरफिल्ड बाई म्यारिओट, त्रिदेवी मार्ग, काठमाडौंमा दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ । क्यापिटलको सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को लागि चुक्ता पूँजीको २४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण लगायतका सम्बन्धित वित्तीय विवरणहरु पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । 

Comments

Back to top