स्मार्ट क्यूआरमा एम डबलीमार्फत भुक्तानी गर्न सकिने!

स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)को  स्मार्ट  क्यूआर, रिटेलरहरूलाई भुक्तान गर्न र प्रयोग गर्न सकिने भएको छ । 

एम डबली सहकारीहरुलाई लक्षित मोबाइल बैकिङ सेवा हो । हाल  १७० भन्दा बढी सहकारीमा सञ्चालनमा आएको एम डबलीमा स्मार्ट क्यूआर सेवा सुरु गरिएको छ । हाल आर्जन बचत र ऋण सहकारीका एम डबली प्रयोगकर्ताले सुविधा लिन सक्ने कम्पनीले  बताए । इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले छिट्टै यस सेवा विस्तार गरी थप सदस्यहरूमाझ प्रवर्द्धन गर्ने बताए । 

भाटभटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगायत १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आवद्ध स्मार्ट क्यूआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा अबदेखि एम डबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधामार्फत लाभ लिन सक्ने स्मार्टच्वाईका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले जानकारी दिए ।

Comments

Back to top