उच्च कार्बयुक्त सवारी साधनविरुद्ध कारबाहीः एकै दिन ८ देशका ९ सय सवारीको हावा फालियो

प्रदुषण फैलाएको भन्दै एउटा बातावरणबादी समूहले ८ देशका विभिन्न स्थानमा ९०० वटा गाडीको टायरको हावा फालिदिएको छ । द गार्डियनका अनुसार सोमबार राति र मंगलबार बिहान करिब ९०० स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) को हावा फालिएको वातावरणीय कार्यकर्ता समूह द टायर एक्जिङुइसर्सले दावी गरेको  छ ।

 ‘रातारात  समूहले नेदरल्याण्डको एम्स्टर्डम र एन्सेडे, फ्रान्सको पेरिस र लियोन, जर्मनीको बर्लिन, बोन, एसेन, ह्यानोभर र सारब्रुकेन, बेलायतको ब्रिस्टल, लीड्स, लन्डन र डन्डी, स्वीडेनको माल्मो, इन्सब्रुकमा कारबाही गरे । अस्ट्रियामा, स्विट्जरल्याण्डको जुरिच र विन्टरथर र अमेरिकाको न्यूयोर्कमा पनि समूहले कारबाही गरेको छ’ न्युज आउटलेटले रिपोर्ट गरेको छ । 

‘हिजो राती (सोमबार, नोभेम्बर २८ को साँझ र मंगलबार नोभेम्बर २९ को बिहान) आठ देशका नागरिकहरूले लगभग ९०० वटा प्रदूषित एसयूभीहरूमा टायरहरू डिफ्लेसन गरे’ कार्यकर्ता समूहले एक विज्ञप्तिमा भन्यो । 

‘यो इतिहासमा उच्च–कार्बन सवारी साधनविरुद्धको सबैभन्दा ठूलो विश्वव्यापी कारबाही हो’, विज्ञप्तिमा भनिएको छ ।
 

Comments

Back to top