देशभर वल्र्डलिंकका १७० ग्राहक सेवा केन्द्र स्थापना!

इन्टरनेट सेवा गुणस्तरीय र भरपर्दो हुन सम्बन्धित कम्पनीको कस्टमर सपोर्ट अर्थात् ग्राहक सेवाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसका लागि कम्पनीले देशभर करिब १७० सपोर्ट जोन (सहायता क्षेत्र) स्थापना गरेको छ ।

ती सबै क्षेत्रमा ग्राहकको इन्टरनेट सम्बन्धी समस्या समाधान गर्न सक्षम दक्ष प्राविधिक टोली खटाइएको कम्पनीले बताएको छ । यसैले गर्दा ग्राहकले सरल, सहज र प्रभावकारी सेवा पाउन सम्भव भएको वल्र्डलिंकको भनाइ छ । कम्पनीका अनुसार काठमाडौं उपत्यकामा हरेक चार किलोमिटर क्षेत्रमा एउटा ग्राहक सहायता क्षेत्र रहेका छन् ।

जसले गर्दा इन्टरनेट सम्बन्धी कुनै समस्या परेमा गुनासो प्राप्त भएको दुई घण्टाभित्र कम्पनीका कर्मचारी समस्या परेको ग्राहकको घरमा पुग्छन् । विशेष कारणबाहेक दुई घण्टाभित्र कर्मचारी नपुगेको अवस्थामा कम्पनीले क्षतिपूर्ति स्वरूप दुई दिनका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने कम्पनीका निर्देशक लक्ष्मण यादव बताउँछन् ।

“हामी ग्राहकलाई जति सक्दो प्रभावकारी सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं’, उनी भन्छन् “यदी केही गरी हाम्रा फिल्ड स्टाफ दुई घण्टाभन्दा पाँच मिनेट मात्रै ढिलो पुगे भने पनि ग्राहकलाई क्षतिपूर्ति दिने व्यवस्था गरेका छौं ।” कम्पनीले ग्राहकलाई कस्टमर सपोर्ट दिन कल सेन्टर, सामाजिक सञ्जाल तथा इमेल, माई वल्र्डलिंक एप, फिल्ड स्टाफको व्यवस्था, अग्रिम जानकारीको व्यवस्था, एसएमएस लगायतका माध्यहरु प्रयोग गर्दै आएको छ ।

Comments

Back to top