टिकापुर घटनाको पुनः छानबिन हुनुपर्छः रेशम चौधरी

आज जेलमुक्त भएका पूर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन् ।

डिल्लीबजार कारागारबाट जेलमुक्त भए पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने जनाएका हुन् । उनी आज बिहान रिहा भएका हुन्।

‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ,’ जेलबाट रिहा हुँदै गर्दै उनले भने, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन, उनले भने, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’ 

 

Comments

Back to top