विवेकशील साझाको संगठन विभाग प्रमुखमा रञ्जु दर्शना

विवेकशील साझा पार्टीको संगठन विभाग प्रमुखमा रन्जु दर्शना चयन भएकी छन् ।

आइतबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका ११ वटा विभागको प्रमुख नियुक्त गर्दा दर्शनालाई संगठन विभागको जिम्मेवारी प्रदान गरिएको हो ।

संगठन विभागमा नियुक्त भएकी दर्शना पार्टीकी महासचिवसमेत हुन् । २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएर चर्चामा आएकी उनी लोकप्रिय मत हासिल गरेपनि पराजित भएकी थिइन् ।

 

Comments

Back to top