कोशी प्रदेश : मुख्यमन्त्री थापाले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष नवनियुक्त मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले तीन सदस्यीय  मन्त्रिपरिषद् गठन गरेका छन् । उनले कांग्रेसका प्रदीप सुनार र एकीकृत समाजवादीका कमल जबेगुलाई मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।
 

Comments

Back to top