बालबालिकालाई यी नकारात्मक कुरा कहिल्यै नभन्नुहोस्

अभिभावकहरू आफ्नो बच्चा हुकाउर्न सजग र सर्तक हुन्छन् । उनीहरूको सानो लापरवाही बच्चाको लागि नोक्सान पुयाउने कुरा हेक्का हुँदा हुँदै पनि कहिलेकाही यसबाट अभिभावक चुक्ने गर्छन् । र बालबालिकालाई भन्न नहुने कुरा भनिदिन्छन् । जसले उनीहरुमा नकरात्मक असर गर्छ ।

उचित हेरचाह र माया गर्दागर्दै पनि कुनै बेलामा अभिभावकको रिस बालबच्चामाथि पोखिन सक्छ । जसले उनीहरुको मस्तिष्कमा प्रत्यक्ष असर गरेको हुन्छ ।

भुलेर पनि नगर्नुहोस् यी गल्ती

नकारात्मक टिप्पणी

जब अभिभावक बालबालिकामा नकारात्मक टिप्पणी गर्छन् । यसले उनीहरुलाई असर गर्छ । यस्ता किसिमका टिप्पणीले बालबालिकाले आमाबाबुप्रति नकारात्मक छवि बनाउँछन् र अभिभावकलाई उनीहरूले हेर्ने दृष्किाणमासमेत परिवर्तन आउन सक्छ । यसले उनीहरूको मानसिक स्वास्थ्यमा पनि धेरै असर पार्न सक्छ।

गाली

अधिंकाश अभिभावक बालबालिकाले गल्ती गर्नसाथ गाली गर्ने गर्छन् । तर त्यसरी गाली गर्दा उनीहरुमा नकारात्मक सोच आउने गर्छ । र बच्चा सुध्रनुको सट्टा अझ बढी रिसाह हुन सक्छन् । अभिभावकले जति बेला पनि गाली गर्दा बच्चाको मानसिकता नै अभिभावकप्रति नराम्रो हुन्छ । यसले बालबालिका अभिभावकसँग डराउन पनि थाल्छन् र मनको कुरा भन्न सक्दैनन् ।

बच्चाको क्षमता स्वीकार गर्नुहोस्

हरेक अभिभावकको चाहना आफ्नो बच्चा उत्कृष्ट होस् भन्ने हुन्छ । यही सोंचका कारण अभिभावकहरू बालबालिकामा दबाब सिर्जनसमेत गर्छन् । उनीहरूले नसक्ने कुरामा जोड गर्दा बालबालिकाको सिर्जनात्मक क्षमता अझ कम हुन्छ । त्यसैले सधैं बालबच्चालाई दबाब दिने काम नगर्नुहोस् । उनीहरुको क्षमता बुझने कोशिस गर्नुहोस् ।

Comments

Back to top