कृषि विकास बैंकको चैतका लागि ८.८८ अंकको आधार दर सार्वजनिक

कृषि विकास बैंकको बेसरेट घटेसँगै बैंकको लगानी क्षमतामा उच्च वृद्धि भएको बताइएको छ । बैंकले चैतका लागि ८.८८ अंकको आधार दर सार्वजनिक गरेको छ ।

यससँगै बैंकको व्यावसायिक कर्जा लगानीको ब्याजदर ८.८८ अंकमा झरेको छ । निजी क्षेत्रका बैंकहरूको आधार दर बढिरहेका बेला कृषि विकास बैंकको आधार दर भने उच्च अंकले घटेको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यससँगै किसानले उपयोग गरेको कर्जाको ब्याजदर पनि घटेको छ । कर्जाको पोर्टफोलियोमा कृषि कर्जाको हिस्सा बढी रहेको बैंकले संस्थागत तथा व्यक्तिगत हायर पर्चेज कर्जामा जोड दिएको पनि बताइएको छ ।

निजी सवारीसाधन खरिदका लागि खरिद मूल्यको ६५ प्रतिशत र विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा लगानी गरी सेवा विस्तार गर्ने विज्ञप्तिमा उल्लेख छ । एजेन्सी

Comments

Back to top