बुधबार नेप्से १०.८३ अंकले घट्यो, २ अर्ब २३ करोडको सेयर कारोबार !

बुधबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१० कम्पनीको कुल ६० लाख ४७ हजार ०२१ कित्ता सेयर २ अर्ब २३ करोड ५४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ५१ कम्पनीको सेयर मूल्य बढेको छ, १८८ कम्पनीको मूल्यमा गिरावट छ भने, ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक  घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सर्वोतम सिमेन्ट लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.६६% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ७२ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै जोसी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीको कारोबार भयो।

Comments

Back to top