एसइई आजदेखि सुरु, ५ लाख परीक्षार्थी सहभागी हुँदै
आजदेखि माध्यमिक शिक्षा परीक्षा SEE(एसइई) परीक्षा सुरु हुदैछ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा हुनेछ ।
परीक्षा बिहान ११ बजेसम्म सञ्चालन हुने छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आग्रह गरेको छ ।
सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय ६ वटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी परीषामा सहभागी हुदैछन् ।
मुलुकभरका दुई हजार ६४ वटा परीक्षा केन्द्रमा एकै साथ परीक्षा हुन लागेको हो । सबैभन्दा कम मनाङ र मुस्ताङमा एउटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।
राजधानी काठमाण्डौमा सबै भन्दा बढी एक सय २७ वटा परीक्षा केन्द्र कायम गरिएका छन् ।
यस वर्षको एसईईमा मुलुक बाहिर जापानमा पनि परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।
जापानबाट २३ जनाले परीक्षा दिदै छन् । यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका २०७८ लागू भएकाले कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने बाध्यकारी नियम बनाइएको छ ।
आजदेखि सुरु भएको परीक्षा आगामी २७ गतेसम्म सञ्चालन हुने छ ।
Comments