मस्को आक्रमणका चारमाथि आतङ्कवादको अभियोग
मस्कोको बासमानी जिल्ला अदालतले मस्कोको कन्सर्ट हलमा भएको नरसंहारमा संलग्न भएको आरोपमा चारै जना संदिग्धलाई आतङ्कवादको अभियोग लगाइएको छ र दोषी ठहर भएमा उनीहरूलाई आजीवन कारावासको सजाय हुनसक्छ।
अहिले उनीहरूलाई मे २२ सम्मका लागि थुनामा राखिएको छ तर मुद्दाको सुनुवाइको मितिका आधारमा म्याद थप गर्न सकिने अदालतले जनाएको छ ।
उनीहरूलाई आइतबार हिरासतमा लिइएको थियो । अदालतले दुई जना प्रतिवादीले आफ्नो अपराध स्वीकारेको र तीमध्ये एक जना ताजिकिस्तानका नागरिक रहेको र उनले आफ्नो अपराध पूर्णरुपमा स्वीकारेको जनाएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘बर्बर आतङ्कवादी हमला’मा संलग्नलाई दण्डित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार युक्रेनतर्फ भाग्ने क्रममा चारै जना बन्दुकधारीलाई पक्राउ गरिएको रूसी अधिकारीले बताएका थिए ।
किएभले उक्त आक्रमणमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको दाबी गर्दै आएको छ ।
यता हमला कट्टरपन्थी इस्लामवादीहरूले गरेको रुसले बताएको छ ।
आक्रमणमा युक्रेनी गुप्तचर सेवाहरू प्रत्यक्ष रूपमा संलग्न रहेको रूसको संघीय सुरक्षा सेवा (एफएसबी) का निर्देशक अलेक्ज्याण्डर बोर्टनिकोभले बताए ।
पश्चिमी गुप्तचर र युक्रेनलाई रुसी समाजमा आतंक सिर्जना गर्न क्रोकस सिटी हल आतंकवादी हमला गरेको बताए ।
यसअघि युक्रेनी अधिकारीहरूले आक्रमणमा युक्रेनको संलग्नताको दाबीलाई बारम्बार अस्वीकार गर्दै आएका छन् । एजेन्सी
Comments