आइतबार नेप्से परिसूचक २.३५ अंकले घट्यो!

आइतबार नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३२० कम्पनीको कुल ७७ लाख ९५ हजार ०३३ कित्ता सेयरको करिब ३ अर्ब ६ करोड ३७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १२७ कम्पनीको सेयर मूल्य बढेको छ, १०८ कम्पनीको मूल्यमा गिरावट छ भने, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका ९ उपसमूहको परिसूचक  घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमाका सानिमा माइ हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ४७ लाख बराबरको सेयर कारोबार भएको छ।  

Comments

Back to top