भारतको खुद्रा मुद्रास्फीति ४.८५ प्रतिशतमा झर्‍यो

भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।

सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति फागुनमा ५.०९ प्रतिशतको तुलनामा मार्चमा ४.८५ प्रतिशत रहेको छ।

खाद्य मुद्रास्फीति पनि फेब्रुअरीमा ८.६६ प्रतिशत रहेकोमा मार्चमा ८.५२ प्रतिशतमा झरेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । 

मन्त्रालयको राष्ट्रिय तथ्याङ्क कार्यालयका फिल्ड स्टाफले व्यक्तिगत भ्रमणमार्फत सबै राज्यलाई समेट्ने एक हजार ११४ चुनिएका सहरी बजार र एक हजार १८१ गाउँबाट मूल्य तथ्याङ्क सङ्कलन गरिएको अधिकारीहरूले जनाएका छन् । 

एजेन्सी

Comments

Back to top