प्रि ओपन सेसनमा नेप्से परिसूचक १.०३ अंकले घट्यो !

साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.०३ अंकले घटेको छ। 

आइतबार २.३५ अंकले घटेर २०२३.३५ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,०२२.३१ मा खुलेको हो। कुल ४,३३१ कित्ता सेयरको खरिदबिक्री करिब १५ लाख ६६ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ३६ कम्पनीमध्ये १३ को मूल्य बढ्यो भने १८ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस अवधीमा कुल ५० पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top