सोमबार पनि घट्यो नेप्से, १६.८२ अंकको गिरावट!

सोमबार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका ३१४ कम्पनीको कुल ७२ लाख २३ हजार ७७३ कित्ता सेयरको करिब २ अर्ब ७९ करोड ७५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ५२ कम्पनीको सेयर मूल्य बढेको छ, १८४ कम्पनीको मूल्यमा गिरावट छ भने, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक  घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा ८.५% माछापुच्छ्रे डिबेञ्चर २०८७ रहेको छ जसको सेयर मूल्य ७.०९ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा न्याग्दी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ७३ लाख बराबरको सेयर कारोबार भएको छ।  

Comments

Back to top