एप्पललाई पछि पार्दै सामसङ स्मार्टफोनको विश्व बजारमा बन्यो नम्बर एक कम्पनी

अमेरिकी कम्पनी एप्पललाई पछि पार्दै दक्षिण कोरियाली कम्पनी सामसङ स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी बनेको छ ।

सन् २०२४ को पहिलो तीन महिनामा एप्पलको स्मार्टफोन ‘शिपमेन्टु अर्थात् बजारमा पुर्‍याउने काम झन्डै १० प्रतिशतले घटेको अनुसन्धान गर्ने फर्म ‘आईडीसीले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सन् २०२४ को जनवरीदेखि मार्च महिनासम्ममा स्मार्टफोनको ‘शिपमेन्टु सात दशमलव आठ प्रतिशतले बढेर २८ करोड ९४ लाख थान पुगेकोमा सामसङको बजार हिस्सा २० दशमलव आठ प्रतिशत रहेको खबरमा उल्लेख छ ।

एप्पल १७ दशमलव तीन प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा आइपुगेको छ । यस्तै तेस्रो स्थानमा रहेको चिनियाँ कम्पनी साओमीको बजार हिस्सा १४ दशमलव एक प्रतिशत छ ।

यसअघि गएको वर्ष २०२३ को डिसेम्बरसम्मको तीन महिनाको अवधिमा १२ वर्षमा पहिलो पटक सामसङलाई पछि पार्दै एप्पल सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको थियो । तर माग घटेसँगै आईफोन फेरि दोस्रो स्थानमा आइपुगेको हो ।

सामसङले नयाँ वर्षको शुरुमै फ्ल्यागशिप स्मार्टफोन लाइनअप ‘ग्यालेक्सी एस २४’ सिरिज सार्वजनिक गरेको थियो । यस अवधिमा यो स्मार्टफोन छ करोडभन्दा धेरै थान बजारमा पुगेको खबरमा उल्लेख छ ।

यस्तै एप्पलले पाँच करोडभन्दा धेरै थान आईफोन बजारमा पुर्‍याएको छ, यो गएको वर्षको यही अवधिमा तुलनामा पाँच करोड ५४ लाख थानभन्दा कम रहेको आईडीएफसीको तथ्याङ्कमा उल्लेख छ ।

एजेन्सी

Comments

Back to top