लागुऔषध कारोबारमा दोषी ठहर एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनबाट २०६४ सालमा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए । अहिले प्रहरीले उनलाई पक्राउ गरेर अदालतमा पेस गरेको जनाएको छ ।

उनलाई फरारको सूचीमा राखिएको जनाइएको भए पनि एन्फाका बैठकमा भने सहभागी हुँदै आएका थिए । 

Comments

Back to top