इलाममा एमालेले लियो अग्रता

इलाम २ को उपनिर्वाचनको मतगणनामा नेकपा एमाले अगाडि लागेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न हुँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका हुन् ।

प्राप्त नतिजाअनुसार हालसम्म पछि परेका एमाले उमेदवार नेम्वाङ अघि लागेका छन् । हालसम्म ५ हजार ८६८ मत गणना हुँदा एमालेले २ हजार ५४२ , नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २ हजार १९६, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बूले ३७९ मत प्राप्त गरेका छन्।

सुहाङ ३४६ मतले अग्रता बनाएका हुन् । 

एजेन्सी

Comments

Back to top