चीनले गर्‍यो नेपालीका लागि भिसा निःशुल्क

चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क दिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले एक सूचना जारी गर्दै १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको हो ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

उनले एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने जनाएका छन् । एक्सप्रेस २ का लागि २ हजार ७ सय र एक्प्रेस १ भिसाका लागि ४ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै, समूहतर्फ एक्सप्रेस २ का लागि १ हजार ३ सय ५० रुपैयाँ र एक्प्रेस १ भिसाका लागि २ हजार रुपैयाँ तिर्नुपर्ने दूतावासले जनाएको छ ।

एजेन्सी

Comments

Back to top