बझाङमा कांग्रेसका अभिषेक अगाडि, एमाले पछ्याउँदै

बझाङ प्रदेश सभा १ मा प्रदेश सभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेपाली कांग्रेस अगाडि रहेको छ । 

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७४९२ मत ल्याएका छन् । 

२० हजार ३३ सदर मतमा एमालेका दमनबहादुर भण्डारीले ७२२८ मत ल्याएका छन् । दुवैबीच २६४ मतको फरक रहेको छ । 

माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो स्थानमा रहेका छन् । उनले २८९५ मत ल्याएका छन् । 

चौथो स्थानमा नेकपा एसका उम्मेदवार दिलबहादुर सिंह रहेका छन् । सिंहले २१०२ मत ल्याउँदा राप्रपाका किशोरकुमार सिंहले १८२ मत मात्रै ल्याएका छन् । 

यो क्षेत्रमा २०७९ को चुनावमा कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको निधनपछि कांग्रेसबाट उनका छोरा अभिषेक उठेका छन् ।

एजेन्सी

Comments

Back to top