नाइजेरियामा दादुराको शङ्कास्पद प्रकोपबाट १९ जना बालबालिकाको ज्यान गयाे

नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुराको शङ्कास्पद प्रकोपबाट कम्तीमा १९ जना बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अदामावाका स्वास्थ्य आयुक्त फेलिक्स ताङ्वामीले दादुराको प्रकोपबाट दुई सय जनाभन्दा धेरै बालबालिका प्रभावित भएका आशङ्का गरेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र डाक्टरको टोली तत्काल परिचालन गरिएकोे जानकारी दिएको खबरमा उल्लेख छ । उनले गम्भीर सङ्क्रमण भएका बालबालिकालाई विशेषज्ञ अस्पतालमा पठाइने बताए । उनले अभिभावकले बालबालिकालाई खोप लगाउन अस्वीकार गर्दा यो दुःखद क्षण आएको भन्दै बालबालिकालाई दादुराविरुद्धको खोप नियमित लगाउन प्रोत्साहन गरेका छन् ।

एजेन्सी

 

 

Comments

Back to top