बीएलसी ग्रुप र भारतको योट्टाबीच डाटा सेन्टर स्थापनाको लागि समझदारी

बीएलसी ग्रुप नेपाल र योट्टा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको छ । डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवा को लागि दुई पक्षीय सम्झौता भएको हो ।

योट्टा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

बीएलसीकी प्रबन्ध निर्देशक मेघा चौधरीले आफूहरूले आईसीटी इकोसिस्टमको सिर्जना गर्दै गरेको खुलाएकी छिन् । जसले स्थानीय र विश्वव्यापीस्तरको विकासलाई बाटो देखाउँछ ।

उनले भनिन्, ‘हाम्रो यस पहलमा ग्लोबल हाइपर–स्केलर र एआई-एमएल विकासको लागि डिजाइन गरिएको अत्याधुनिक डाटा सेन्टर छ । यसले निर्माणदेखि उच्च प्रविधिमा रोजगारी सिर्जना गर्ने, नेपालको श्रम शक्तिलाई सबल बनाउने र हामीलाई विश्वव्यापी प्रविधिको प्रमुख खेलाडीको रूपमा स्थापित गर्नेछ ।’

उनी योट्टासँगको साझेदारी फलदायी हुने बताउँछिन् । आफ्नो भनाई राख्दै योट्टा डाटा सर्भिसेजका सीईओ सुनील गुप्ताले आफूहरू एक उच्च स्तरीय डाटा सेन्टर स्थापना गर्न तयार रहेको बताए ।

एजेन्सी

Comments

Back to top