प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.०४ अंकले बढ्यो !

सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.०४ अंकले बढेको छ। 

आइतबार १४.३३ अंकले बढेर १९८०.२७ मा बन्द भएको नेप्से आज प्रिओपन पछि १९९०.३१ मा खुलेको हो। कुल २,२०२ कित्ता सेयरको खरिदबिक्री करिब १० लाख ९१ हजारमा कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ४७ कम्पनीमध्ये ३४ को मूल्य बढ्यो भने ११ को मूल्य घट्यो। 

यस अवधीमा कुल ७३ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top